आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चिउटाहामा ३ दिने सीप विकास तथा क्षमता अभिबृद्धि कृषक तालिम सुरु

AuthorAP Khabar२०७६ कार्तिक २०, बुधबार (४ साल अघि) ८७२ पाठक संख्या

सबिर आलम
सिम्रौनगढ २० कार्तिक : प्रधानमन्त्री कृषि आधुनिकरण प्ररियोजना कार्यान्वयन इकाई माछा सुपर जोन सिम्रौनगढको आयोजनामा आदर्श कोतवाल गाउँपालिकाको वडा न१ चिउटाहामा प्रथम चौमासिक कार्यक्रम अन्तर्गत ३ दिने सीप विकास तथा क्षमता अभिबृद्धि कृषक तालिम सुरु भएको छ। माछा सुपरजोन बाराका समयोजक रामकिशोर यादवले कार्यक्रमको उदघाटन गर्नु भएको छ।

रामकिशोर यादवले माछाको उत्पादनलाई बढी भन्दा बढी बढाउन माछाको दाना जसरी भए पनि उपलब्ध गराउन सुपर जोनका वरिष्ठ कृषि अधिकृत डा।प्रधुम्न राज पाणडेलाई आग्रह गर्नु भएको थियो । साथै आन्ध्रा प्रदेशमा ठुलो, ठुलो माछा हुन्छ,किन हुन्छ, के खुवाउछ कस्तो बाताबरण हुन्छ, त्यस्को बारेमा अध्य्यन जरुरी रहेको पनि रामकिशोर यादवले बताउनु भएको छ।

उक्त तालिममा माछा सुपरजोनसंंग सम्बन्धित ३०जना माछा किसानहरुको सहभागिता रहेको छ। उक्त ३ दिने तालिमको पहिलो दिन माछा सुपर जोनका वरिष्ठ कृषि अधिकृत प्रधुम्न राज पाण्डे र कृषि अर्थ बिद बिकास कुमार साहले मत्सयको पालन बारे, माछाको जातीय छनौट तथा आहार व्यवस्थापन सम्बन्धि जानकारी, पोखरी निर्माण तथा डिजाइन बारे, माछाको भुराको नर्सरी व्यवस्थापन जस्ता कुराहरूको बारेमा बिस्तृत जानकारी दिइएका थिए ।

माछा कृषक तालिममा किशोरी प्रसाद यादव ,ललन प्रसाद यादव ,अशोक कुमार सहनी,दिनेश प्रसाद यादव ,श्यामसुन्दर कुशवाहा,बिनोद प्रसाद यादव,देवनारायण महतो ,मुकेश मुखिया लागायतहरुको सहभागिता रहेको थियो ।

प्राविधिक सहायक रामपुकार साह, हेथौडाको प्राविधिक सहायक अवधेश कुमार सिंह, माछा सुपर जोन धनुषाका मत्सय बिकास अधिकृत दिपक मिश्रले भोलि र पर्सि प्रशिक्षण दिनुहुने छ ।

प्रतिक्रिया दिनुहोस