आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आठौँ राष्ट्रिय कर दिवस २०७६ को दोस्रो दिन ब्यवसायीद्धारा अन्तरक्रिया

AuthorAP Khabar२०७६ मंसिर २, सोमबार (४ साल अघि) ३७८ पाठक संख्या

एपी खबर
जीतपुर, २ मंसिर

आन्तरिक राजश्व कार्यालय सिमराले बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा एकदिने छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

आठौँ राष्ट्रिय कर दिवस २०७६ को अवसरमा यस कार्यालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

जीतपुरसिमरा नगर उद्योगवाणिज्य संघको सहकार्यमा उद्योग वाणिज्य संघकै कार्यालयमा आयोजीत कार्यक्रममा जीतपुरसिमराका ब्यवसायीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

कार्यक्रममा उपस्थित ब्यवसायीहरुले करमा दाखिला हुनेबेला भोग्नुपर्ने समस्या र कर सम्बन्धि जानकारी नै नभएका नियमहरु लादिने प्रथाको बारेमा प्रश्न उठाएका थिए ।

पछिलो समय आन्तरिक कार्यालय सिमराले ब्यवसायीहरुलाई चित बुझदो रुपमा सेवा दिन नसकेको अधिकाशं सेवा ग्राहीहरुको गुनासो रहेको थियो ।

जीतपुरसिमरा नगर उद्यागवाणिज्य संघका अध्यक्ष संजय साहको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख तुलसी प्रसाद चौलागाईको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस