आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आगोमा रक्सी डढाएर गरिने अनौठो मसाज

AuthorAP Khabar२०७६ मंसिर ९, सोमबार (४ साल अघि) ३३२ पाठक संख्या

मंसिर ०९ एजेन्सी

इजिप्टको गारविया शहरको एक मसाज सेन्टरमा ग्राहकको सन्तुष्टिको लागि आगोबाट मसाज सेवा दिइने गरिएको छ ।

 ३५ वर्षका अब्देल साइदले यो पुरातन फाइरोनिक प्रविधि अपनाएका हुन् । उनी यो विशेष मसाजमा तेल र बाबुनाको प्रयोग गर्छन् । जसले शरीरको रगत संचालन गर्दै मसाज गरिएको ठाउँको दुखाइ कम गर्छ ।

साइदले धेरै तौलियाको प्रयोग गर्ने गरेका छन् । उनी भन्छन्,“म तौलियामा रक्सी मिसाउँछु र आगोमा बाल्छु । आगोको झिल्को उठेपछि चिसो पार्न पानीमा डुबाउँछु । यो एक खतरनाक मसाज हो, जसले शरीरको तापक्रम बढाउँछ ।”

उनको बिचारमा यस्ता मसाजले मानव शरीरसँग नजिकको सम्बन्ध राख्छन् । उनको ग्राहक उच्च रक्तचाप, किड्नीका बिरामी, शरीरमा रगत जम्ने समस्या भएका हेमोफिलियाका बिरामी पर्दैनन् । उनले यो तौलियाको प्रविधि मोरक्कोमा सिकेका हुन् भने मसाजको सर्टिफिकेट चैं इजिप्टका मसाज गर्ने संस्थाहरुबाट लिएका हुन् ।

साइदका ग्राहक मोहोमद अल साइर ३० को दशक देखि आगोको मसाज गर्दैछन् । उनको अनुभव छ,“मेरो शरीरको दुखाई शतप्रतिशत ठीक भएको छ । मेरो ढाड पछाडि कार चलाउँदा निकै नै भारी हुन्थ्यो । अचेल म स्वस्थ छु । आलश्य हराउँदै गएको छ । यस्तै रहेमा मेरो दैनिक काम छरितो बन्ने छ ।” एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस