आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इन्सुरेन्सले मृत्युको प्रमाण मागेपछि लास बोकेर इन्सुरेन्स कम्पनीमा

AuthorAP Khabar२०७६ मंसिर १०, मंगलबार (४ साल अघि) ३०० पाठक संख्या

मंसिर १० एजेन्सी ।

कुनै कारणवस असामयिक निधन भएमा परिवारमा आर्थिक समस्या नहोस् भनेर जीवन बीमा गरिन्छ । यतिमात्र नभई निश्चित अवधिको लागि गरिएको जीवनबीमाबाट अन्य फाइदा पनि पाउन सकिन्छ ।

तर, जीवन बीमा सञ्चालकहरूको कारणले गर्दा जीवन बीमा लिने समयमा मानिसहरू कतिसम्म पीडा भोग्ने गर्दछन् भन्ने यस घटनाले प्रष्ट पार्दछ ।

खबरका अनुसार, सिफिसो जस्टिन म्हेल्गो नामका ४६ वर्षीय व्यक्तिको ७ नोभेम्बरमा मृत्यु भएको थियो ।

परिवारजनले त्यसपछि जीवन बीमा लिनका लागि इन्सुरेन्स कम्पनीमा पुगेका थिए । इन्सुरेन्स कम्पनीले सिफिसोको मृत्यु मान्न तयार भएन ।

परिवारजनलाई मृत्यु सावित गर्न दाबी देउ भन्न थाल्यो इन्सुरेन्स कम्पनीले । त्यसैकारण परिवार सिफिसोको लास नै लिएर इन्सुरेन्स कम्पनीमा पुगे ।

यसरी इन्सुरेन्समै लास लगिएको भिडियो अहिले सामाजिक सञ्जालभरि नै व्याप्त छ ।  ‘

ओल्ड म्युचुअल’ नामक इन्सुरेन्स कम्पनीले परिवारलाई क्षतिपूर्ति दिएको र परिवारप्रति सहानुभूति प्रकट गरेको विज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस