आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सेलेनाले खोपिइन् जस्टिनको यादमा ट्याटु

AuthorAP Khabar२०७६ मंसिर १०, मंगलबार (४ साल अघि) ४१३ पाठक संख्या

मंसिर १० न्युयोर्क,
एकताका अमेरिकी चर्चित गायिका सेलेना गोमेज र अर्का गायक जस्टिन बिबरबीचको प्रेमसम्बन्ध निकै चर्चाको विषय हुन्थ्यो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनीहरूले विवाह गर्नेसमेतका खबर प्रकाशित तथा प्रसारित गरे । तैपनि उनीहरूको आपसी मनमुटावका कारण त्यो सम्बन्ध लामो समयसम्म टिक्न सकेन ।

यसैबीच, हालसालै गायिका सेलेनाले एक तस्बिर सामाजिक सन्जालमा पोस्ट गर्दै भर्खरै खोपेको ट्याटु आफ्ना शुभचिन्तक माझ सार्वजनिक गरेकी छन् ।

उनले आफ्नो तिघ्रामा दुई हात जोडेको ट्याटु बनाएकी छन् । यतिवेला सोही ट्याटुका कारण गायिका सेलेना र गायक जस्टिनको नाम जोडेर नयाँ चर्चाको सुरु भएको छ ।

उनले खोपाएको ट्याटु जस्टिनको खुट्टाको ट्याटुजस्तै छ । जस्टिनको खुट्टामा पनि दुई हात जोडेको ट्याटु खोपिएको छ । साथै, जस्टिनले कुनै समय एक विज्ञापनका लागि हात जोडेर फोटोका लागि पोज दिएका थिए ।

ट्याटु ठ्याक्कै त्यस्तै छ । सेलेनाले जस्टिनकै सम्झनामा उनकै जस्तो ट्याटु खोपेको यतिवेला अनुमान गर्न थालिएको छ । सेलेनाले जस्टिनलाई भुल्न नसकेको टिप्पणी भइरहेको छ । गायक जस्टिनले भने विवाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस