आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

 प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको आशंका

AuthorAP Khabar२०७६ मंसिर १०, मंगलबार (४ साल अघि) ३५२ पाठक संख्या

मंसिर १० काठमाडौं

 प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको आशंका गरिएको छ । आशंकापछि शल्यक्रिया तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाकाअनुसार डाक्टरहरुले प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको आशंका गरेको र अहिले थप परीक्षण भइरहेको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने एपेन्डिसाइटिस भएको पक्का भएमात्र प्रधानमन्त्रीको सल्यक्रिया गरिने  बताउनुभएकाे छ ।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि मंगलबार बिहान (आज) परीक्षणका लागि प्रधानमन्त्री शिक्षण अस्पताल पुग्नुभएको थियो ।

लामोसमयदेखि मिर्गौलाका बिरामी रहनुभएका प्रधानमन्त्रीले ४ पटक डायलासिस गराइसक्नुभएको छ । प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आइरहँदा प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षण गराइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस