आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शक्तिशाली भूकम्पको धक्का, चार जनाको मृत्यु

AuthorAP Khabar२०७६ मंसिर १०, मंगलबार (४ साल अघि) ४५९ पाठक संख्या

मंसिर १० एजेन्सी।

अल्बानियामा भूकम्प जाँदा चार जनाको मृत्यु भएको छ। मंगलबार बिहान ४ बजे अल्बानियाको राजधानी तिराना भन्दा ३० किलोमिटर पर केन्द्रविन्दु बनाई ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पमा परी चार जनाले ज्यान गुमाए भने १५० भन्दा बढी घाइते भएका छन्। अल्बानियाको गृह मन्त्रालयले दुई पुरूष र महिलाको पुरिएर मृत्यु भएको जानकारी दिएको छ।

साथै एक जना आत्तिएर घरबाट हाम्फालेर मृत्यु भएको जनाएको छ। भूकम्प मापन केन्द्रले फेरि पपराकम्पन आउन सक्ने जनाउँदै सुरक्षित रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस