आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निजि मेडिकल कलेजले बुधबारबाट अतिरिक्त शुल्क फिर्ता गर्ने

AuthorAP Khabar२०७६ मंसिर ११, बुधबार (४ साल अघि) ३५९ पाठक संख्या

मंसिर ११ काठमाडौँ,
निजी मेडिकल कलेज सञ्चालकहरू एमबिबिएस र बिडिएसका विद्यार्थीबाट गैरकानुनी रूपमा उठाएको शुल्क फिर्ता गर्न तयार भएका छन्।

मंगलबार मध्यरातिसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सरकार र मेडिकल कलेजका सञ्चालकबीचको छलफलपछि बैठकले दुई बुँदे सहमति गरेको हो ।

पहिलो निर्णयमा एमबिबिएस र बिडिएसका लागि सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूले प्रतिबद्धता जनाएका छन्।

दोस्रो निर्णयमा निर्धारित शुल्कभन्दा बढी रकम लिएका कलेजहरूले मंसिर ११ गते बुधबारदेखि नै बढी लिएको शुल्क फिर्ता वा समायोजनको कार्य सुरू गर्ने भनिएको छ।

०७६/०७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिएर विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया थाल्ने भनिएको छ ।

 त्यस्तै, ०७७/०७८ र त्यसपछिका वर्षमा भने वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि आयोगबाट कार्य अघि बढाउने सहमतिमा उल्लेख गरिएको छ ।

शिक्षा मन्त्रालयमा छलफल हुनुअघि गृह मन्त्रालयमा भएको अर्को छलफलमा शुल्क फिर्ता नगरे बुधबारबाट पक्राउ गर्ने निर्णय भएको थियो।

गृहको उक्त निर्णयपछि शिक्षा मन्त्रालयमा साँझबाट पुनः छलफल सुरु भएको थियो। छलफल राती ११ बजेमात्र निर्णयमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस