आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर

AuthorAP Khabar२०७६ मंसिर ११, बुधबार (४ साल अघि) ३५५ पाठक संख्या

मंसिर ११ काठमाडौ :

 प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गम्भीर तर स्थिर रहेको बताइएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा शल्यक्रियापछि उनको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको।

स्वास्थ्य गम्भीर भएपछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ।

No photo description available.

स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रस्वास)मा राखिएको छ। चिकित्सकका अनुसार इलेक्टिभ भेन्टिलेटरमा राख्नु भनेको उहाँका अन्य अंगहरुले राम्रो काम गरिरहेको तर केही सपोर्ट आवश्यक परेकाले राख्नु पर्ने अवस्था हो।
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा।

रमेश सिंह भण्डारीसहितको टोलीले शल्यक्रिया गरेको हो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा। अरुण सायमीका अनुसार शल्यक्रियापछि प्रधानमन्त्रीलाई केही दिन अस्पतालमै बस्नुपर्ने हुन्छ।

पेट दुख्ने समस्या भएपछि स्वास्थ्य परीक्षणका लागि त्रिवी टिचिङ अस्पताल पुगेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस भएको भेटिएपछि शल्यक्रिया गरिएको हो। ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस