आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तेह्रौँ साग : तेइस स्वर्णसहित नेपाल शीर्ष स्थानमा

AuthorAP Khabar२०७६ मंसिर १८, बुधबार (४ साल अघि) ३३३ पाठक संख्या

मंसिर १८ काठमाडौं ।

तेह्रौँ दक्षिण एशियाली खेलकुद ९साग०मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म २३ स्वर्ण, नौ रजत र १२ कास्यसहित कुल ४४ पदक जितेको छ

यस्तै भारत १२ स्वर्ण, १२ रजत र नौ कास्य गरी कुल ३३ पदकसहित दोस्रो स्थानमा छ । श्रीलङ्का पाँच स्वर्ण, १४ रजत र २७ कास्यसहित तेस्रो, पाकिस्तान पाँच स्वर्ण, ११ रजत र नौ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, तीन रजत र २१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण जित्दै छटौँ तथा भुटान तीन कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ ।

सोमबार १५ स्वर्ण जितेको नेपालले आज थप आठ स्वर्ण पदक जितेको हो । नेपालले आज उसु, तेक्वान्दो र करातेमा दुई÷दुई तथा एथ्लेटिक्स र ट्रायथलनतर्फ एक÷एक स्वर्ण जितेको हो । तेक्वान्दोको ग्यारोगीतर्फ महिला ४६ किलोमुनि तौल समूहमा नेपालकी काजल श्रेष्ठले स्वर्ण पदक जितिन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा काजलले पाकिस्तानकी सैयद सिद्रा बटुलालाई ५०–१४ अङ्कले पराजित गर्दै स्वर्ण जितेकी हुन् । यस्तै पुरुष ६८ किलोमुनीको तौलसमूहमा नेपालका वीरबहादुर महराले पाकिस्तानका मोहम्मद फाहिमलाई ४१–३६ अङ्कले हराए । यस्तै ५७ किलोमुनिको तौल समूहमा निमा गुरुङले रजत पदक प्राप्त गरिन् । उनी भारतकी कसिका मलिकसँग पराजित भइन् ।

यस्तै उसुमा नेपालले दुई स्वर्ण जितेको छ । लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा आज सम्पन्न खेलमा नेपालका विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण जितेका हुन् । थाउलोको चवाङक्वाङमा विजयले ९ दशमलव ४८ अङकसहित स्वर्ण जितेका हुन् । उक्त स्पर्धामा बङ्गलादेशले रजत तथा भारतले कास्य पदक जित्यो । यस्तै महिला थाउलोको चवाङक्वाङमा सुस्मिताले श्रीलङ्काका खेलाडीलाई ९ दशमलव ४४ अङ्क जोड्दै स्वर्ण जितेकी हुन् । सो स्पर्धामा बङ्गलादेशले कास्य पदक प्राप्त ग¥यो ।

यस्तै करातेको ६७ किलो कुमुतेतर्फ नेपालका नविन रसाइलीले स्वर्ण पदक जितेका छन् । उनले पाकिस्तानका मोहम्मद नासिरलाई ८–६ अङ्कले हराएका हुन् ।

एथ्लेटिक्समा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितिन् । उनले महिला १० हजार मिटर दौडमा भारतीय खेलाडीलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन् । सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७ दशमलव चार सेकेण्डमा पूरा गरिन् । उनी सागमा महिलातर्फ एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् । एथ्लेटिक्सकै पुरुष एक हजार पाँच सय मिटर दौडमा टङ्क कार्कीले कास्य पदक जिते ।

आजै पोखरमा सम्पन्न ट्रायथलनमा नेपालले एक स्वर्ण र दुई रजत पदक पाएको छ । ट्रायथलनअन्तर्गत दुवाथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जिते भने लक्ष्मण मल्लले रजत प्राप्त गरे । महिलातर्फ नेपालकी हुमी बुढा मगरले रजत पाइन् । यस्तै नेपालले महिला भलिबलमा आज रजत पदक प्राप्त ग¥यो । नेपाल भारतसँग ३–२ सेटमा पराजित भई रजतमै सिमित रहेको हो ।

साग पदक तालिका ः

देश    स्वर्ण    कास्य    रजत    जम्मा
नेपाल    २३    ९    १२    ४४
भारत    १२    १२    ९    ३३
श्रीलङ्का    ५    १४    २७    ४६
पाकिस्तान    ५    ११    ९    २५
बङ्गलादेश    ४    ३    २१    २८
माल्दिभ्स    १    ०    ०    १
भुटान    ०    ०    ३    ३

प्रतिक्रिया दिनुहोस