आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तेस्रो स्वर्ण जित्दै गौरिकाले रचिन् इतिहास

AuthorAP Khabar२०७६ मंसिर २२, आईतबार (४ साल अघि) ३०६ पाठक संख्या

मंसिर २२ काठमाडौँ,
नेपाली पौडी खेलाडी गौरिका सिंहले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी छिन् । यो गौरिकाको तेस्रो स्वर्ण हो।

उनले ४ मिनेट २५.२८ सेकेण्डमा निर्धारित दुरी पार गरेकी हुन्। भारतीय खेलाडी सिभांगी शर्मा दोश्रो भइन् । उनले निर्धरित दूरी ४ मिनेट २६.२२ सेकेण्डमा पूरा गरिन्।

तेश्रो भएकी श्रीलङ्काकी नुलरा रामुडीले ४ मिनेट ४१.९१ सेकेण्डमा दुरी पार गरिन् ।

प्रतिक्रिया दिनुहोस