आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

न्यूजिल्यान्डमा ज्वालामुखी बिस्फोट हुँदा ५ जनाको मृत्यु

AuthorAP Khabar२०७६ मंसिर २३, सोमबार (४ साल अघि) ४०६ पाठक संख्या

मंसिर २३ न्यूजिल्यान्ड

उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ ।

विस्फोटमा अन्य केही सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

विस्फोट हुनु केही क्षणअघि ज्वालामुखीको मुख नजिकै पर्यटकहरू हिँडेको देखिएको बताइएको छ । प्रहरीका अनुसार २३ जनालाई उद्वार गरिएको छ ।

मृत्यु हुने संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अहिले उक्त स्थानमा उद्वार गर्न निकै जोखिमपूर्ण मानिएको छ । उद्वारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ ।

उद्वारकर्मीहरूका अनुसार घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घाइतेहरूको शरीर पोलेको छ ।

सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो । प्रधानमन्त्री जसिन्डा आर्डर्नले घटनालाई निकै ठूलो भन्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस