आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फ्रान्समा आँधी आउँदा दुईको मृत्यु, हजारौँ घर विद्युत्विहीन

AuthorAP Khabar२०७६ मंसिर २९, आईतबार (४ साल अघि) ३३३ पाठक संख्या

मंसिर २९ एजेन्सी ।

फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ । घटनाका कारण त्यस क्षेत्रका हजारौँ घर विद्युत्विहीन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनामा परी मृत्यु भएका दुवैजना निवृत्तिभरण पाइरहने व्यक्ति रहेको समाचारमा जनाइएको छ । मृत्यु भएकामध्ये एकजना ७० वर्षका रहेका छन् ।

उनको बास्क्यु काउन्ट्र अन्तर्गतपर्ने प्यरेनीस एट्लान्टीकमा मृत्यु भएको हो । सवारीसाधनमा रहेका बेला ढलेको रुखले उनलाई च्यापेको जनाइएको छ । त्यसैगरी लोट एट गारोन क्षेत्रमा ७६ वर्षका अर्का एक वृद्धको मृत्युु भएको विवरण आएको छ ।

उद्धारकर्ताले उनको शव झण्डै २४ घण्टापछि पत्ता लगाएका थिए । शव घरदेखि एक किलोमिटर टाढा भेटिएको अधिकारीले जनाएका छन् । उनीहरुका अनुसार अरु पाँच जना घाइते भएका छन् ।

तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उद्धारकर्ताले उनीहरुलाई च्यापेको रुख हटाएका छन् । घटनास्थलबाट उनीहरुलाई उद्धार गरेर उपचार गर्न लगिएको छ ।

शनिबार दिउँसोदेखि त्यस क्षेत्रका झण्डै ४० हजार घरका विद्युत्सेवा अवरुद्ध भएको छ भने बेलुकाको समयमा १५ हजार घरमा विद्युत्सेवा कटौती भएको अधिकारीले जनाएका छन् ।

उपभोक्तलाई विद्युत् सेवा जतिसक्तो चाँडो उपलब्ध गराउनका लागि दुई हजार जना प्राविधिक खटाइएको एक प्रवक्ताले जानकारी दिएका छन् । विद्युत्सम्वन्धी कुनै समस्या भएमा तत्काल जानकारी गराउन सिधा सम्पर्क नं.को समेत व्यवस्था गरिएको अधिकारीले जनाएका छन् ।

प्रभावित क्षेत्रमा ९ मिटरसम्म पानी जमेको स्थानीय बासिन्दाले बताएका छन् । आँधीपछि कतिपय ठाउँमा बाढी र पहिरो पनि आएको छ ।

आँधी, बाढी र पहिरोका कारण ६०० भन्दा बढी विस्थापित भएका छन् । उनीहरुलाई उद्धार तथा सहयोगका काम पनि भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस