आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फिलिपिन्समा भूकम्प, कम्तीमा सात जनाको मृत्यु

AuthorAP Khabar२०७६ मंसिर ३०, सोमबार (४ साल अघि) २८१ पाठक संख्या

मंसिर ३० एजेन्सी

मिन्दानाओ, फिलिपिन्स,  फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा  आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ । यसमा भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।

माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस भूकम्पबाट ज्यान गुमाउन व्यक्तिहरुमा छ बर्षीया एक बालिकासमेत रहेकी जनाइएको छ ।

अन्य छ जनाको शव भने पदादा सहरमा रहेको व्यापारिक भवन भित्र च्यापिएको अवस्थामा उद्धारकर्ताहरुले सोमबार फेला पारेका स्थानीय पत्रिका ‘फिल्स्टार ग्लोबल’  जनाइएको छ ।

खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछिको पहिलो चार घण्टासम्म १ सय ७९ ओटा पराकम्प गएको पनि उनीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस