आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

श्रीराम चरित्र माविका छात्राहरुलाई साइकल बितरण

AuthorAP Khabar२०७६ पौष १, मंगलबार (४ साल अघि) ६२० पाठक संख्या

नूर आलम बादशाह, पुष १ 
प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रम अन्तर्गत बाराको आदर्श कोतवाल गाउँपालिका १ चिउटाहा स्थित श्री राम चरित्र माध्यमिक विद्यालयका ३४३ छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

गाउँपालिकाको तर्फबाट २१० र प्रदेश सरकारको तर्फबाट १३३ जना छात्राहरुलाई साइकल विरतण गरिएको हो ।
विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि प्रदेश २ का सभामुख सरोज यादवले कक्षा ७ र ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेका हुन् ।

साइकल वितरण गर्दै सभामुख यादवले छात्राहरुको प्रोत्साहनका लागि प्रदेशभरका प्रत्येक विद्यालयमा क्रमशः साइकल वितरण अभियान सञ्चालन भएको बताए ।

राजपाका केंद्रीय सदस्य मदन यादवले बेटी पढाउ, बेटी बचाउ अभियानअन्तर्गत प्रोत्साहनस्वरुप साइकल वितरण भइरहेको कार्यक्रमको प्रशंसा गर्दै साइकल वितरण कार्यक्रमले छोराछोरीबीचको विभेदलाई न्यूनीकरण गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारीले प्रदेश २ का मुख्यमन्त्रीद्वारा सञ्चालित ‘बेटी बचाऔं, बेटी पढाऔं’ अभियानलाई सार्थक तुल्याउन टाढा टाढाबाट पढ्न आउने गरीब, दलित तथा जेहन्दार छात्राहरुलाई विद्यालय आउन सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताए ।

विद्यालयमा अध्ययनरत आँचल कुमारी, अमृता कुमारी, अनीता यादव, रंजू कुमारी पटेल, नीतू कुमारी, रोशनी कुमारी, रबीना खातून लगायतले साइकल पाएपछि खुशी व्यक्त गरेका छन् ।

उक्त विद्यालयमा २२०० छात्रछात्रा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक दिनेश साहले स्वागत मन्तव्यको क्रममा बताए ।

कार्यक्रमा गाउँपालिका उपाध्यक्ष श्रीमती पूनम देवी साह, वडा अध्यक्षहरु राजेंद्र पटेल, बिनोद राउत कुर्मी, धर्मेंद्र यादव, शेख जवाहिर, चंदेश्वर गिरी, मदुसूदन जैस्वाल, अलीउल्लाह अंसारी, उमा शंकर साह, प्रसाशकीय अधिकृत प्रमोद साह, आर्दश कोतवालका सहलेखा पाल जयप्रकाश महतो, शिक्षक संयोजक बृज किशोर त्रिपाठी, प्रशासन शाखा प्रमुख रामबाबू पाल, राजपाका किशोरी साह कलवार, जगत कुशवाहा, समाजवादी फोरमका लालबहादुर साह, रूपेंद्र कुशवाहा, बिधालयका शिक्षक, बिधार्थी, अभिभावक, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन रमाकान्त साहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस