आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्रम्प महाभियोग लगाइका तेस्रो अमेरिकी राष्ट्रपति

AuthorAP Khabar२०७६ पौष ३, बिहिबार (४ साल अघि) ४२३ पाठक संख्या

पौष ०३ एजेन्सी।

अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको प्रस्तावमा बहुमत सदस्यले महाअभियोगको पक्षमा मत हालेका छन् । योसँगै उनी अमेरिकी इतिहासमा महाअभियोग लगाइन लागेका तेश्रा राष्ट्रपति बनेका छन्।

ट्रम्पको विरुद्धमा भएको मतदानमा पार्टीको लाइनअनुसार नै महाअभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत परेको थियो ।

मत पार्टीको लाइन अनुसार नै खसेको थियो किनकि अधिकांश डेमोक्र्याट सदस्यले आरोपको पक्षमा र रिपब्लिकनहरूले आरोपको विपक्षमा मत हालेका थिए ।

तल्लो सदनमा विपक्षीको बहुमत भएकाले यो प्रस्ताव पास हुने निश्चित थियो । तर, अहिले नै ट्रम्प पदबाट हट्ने भने होइनन्।

किनकि यो प्रस्ताव दुई तिहाइले माथिल्लो सदनबाट पनि पास हुनुपर्छ । माथिल्लो सदनमा भने ट्रम्प पक्षधर रिपब्लिकनको बहुमत रहेको छ ।

बुधवार दिउँसो तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घण्टा लामो बहस गरेका थिए ।

त्यसैगरी अब ट्रम्पले कांग्रेसलाई रोकेको आरोपमा पनि मतदानको सामना गर्नुपर्नेछ। राष्ट्रपतिले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई ‘क’ को प्रयास भन्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस