आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा विरोध प्रदर्शन जारी, १४ काे मृत्यु

AuthorAP Khabar२०७६ पौष ६, आईतबार (४ साल अघि) ३११ पाठक संख्या
पौष ०६ भारत
संशोधनसहितको नागरिकतासम्बन्धी नयाँ कानुनको विषयलाई लिएर शनिबार पनि भारतका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ ।

कानुनको विरोधमा विभिन्न संघ–संगठनले संयुक्त रुपमा शनिबार केन्द्रीय रेल वे स्टेसनमा बृहत् प्रदर्शन गरेका छन् । उनीहरुले कानुनका विरुद्धमा प्ले कार्ड तथा व्यानरसहित नाराबाजी गरेका थिए ।

विरोध प्रदर्शन गरिएका ठाउँहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । कतिपय ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीहरुबीच झडप भएको छ । जारी प्रदर्शनमा हालसम्म ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

प्रदर्शनका कारण राजधानी नयाँदिल्लीलगायत खासगरी मुसलमान समुदाय रहेका शहरी क्षेत्रहरूमा जनजीवन प्रभावित बनेको स्थानीय टेलिभिजनहरूले उल्लेख गरेका छन् ।

प्रदर्शनकारीले ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन् भने भीड नियन्त्रणका लागि प्रहरीले विशेष बलको प्रयोग गरेको छ । सरकारले हालै ल्याएको नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापी रुपमा आन्दोलन चर्किएको हो ।

नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेश गर्ने हिन्दू, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस