आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्याज किन्न लाइनमा बस्दा हृदयाघात

AuthorAP Khabar२०७६ पौष ७, सोमबार (४ साल अघि) २८४ पाठक संख्या

पौष ०७ एजेन्सी  ।

भारतको आन्ध्र प्रदेश राज्यमा प्याज किन्नका लागि लाइनमा बसेका एक व्यक्तिको हृदयाघातका कारण मृत्यु भएको छ ।

सरकारले दिएको अनुदानको प्याज लिनका लागि लाइनमा उभिँदा  ५५ वर्षीय एक पुरुषको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आन्ध्र प्रदेशको गुडिभाडा जिल्लाको एक बजारमा भारतीय सरकारले प्याजको मूल्य अनुदानमा प्रतिकिलो २५ (भारतीय रुपैयाँ) तोकेपछि उनी बिहानै देखि लाइनमा बसेका थिए ।

चिकित्सकहरुले उनको हृदयाघातका कारण मृत्यु भएको जनाएका हुन् । यसरी प्याजको लाइनमा लागेका कारण हृदयाघात भएर मृत्यु भएपछि त्यहाँको तेलगुदेशम पार्टीले यो विषयलाई संसदमै उठाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस