पौष ११ काठमाडौँ, बिग ब्यास लिग (बीबीएल) मा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले पहिलो हार ब्यहोरेको छ।
शुक्रबार भएको आफ्नो तेस्रो खेलमा मेलबर्न एडलाइड स्ट्राइकर्ससँग ५ रनको झिँनो अन्तरले पराजित भएको हो। स्ट्राइकरले दिएको १७५ रनको लक्ष्य पछ्याएको मेलबर्नले ६ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो । जितसँगै, स्ट्राइकर तीन खेलबाट पाँच अंक जोडेको छ ।
समान तीन खेल खेलेको मेलबर्नको यो पहिलो हार हो । यसअघि मेलबर्नले होबर्ट हुरिकेन्सलाई ५२ र ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो।
स्ट्राइकर विरुद्ध सन्दीपले एक विकेट लिए । तीन ओभर बलिङ गरेका सन्दीपले १५ रन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस