आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टेक्सासको चर्चमा प्रार्थना गर्दै गर्दा गोली चल्यो, २ को मृत्यु

AuthorAP Khabar२०७६ पौष १४, सोमबार (४ साल अघि) ७१८ पाठक संख्या

पौष १४ एजेन्सी।

अमेरिकाको एक चर्चमा बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ ।

टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, प्रार्थनाका लागि बसिरहेका व्यक्तिले अकस्मात् उठेर गोली चलाएका थिए । दुई जनालाई उनले चलाएको गोली लागेपछि चर्चका अधिकारीहरूले उनैलाई गोली हानेका थिए ।

गोली लागेका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको थियो। तीमध्ये आक्रमणकारी र उनले गोली हानेका एक जनाको बाटैमा मृत्यु भयो भने एक घाइतेको उपचार भइरहेको छ ।

टेक्सासका गभर्नर ग्रेग अबोटले विज्ञप्ति जारी गरेर प्रार्थना गर्ने स्थान पवित्र हुने माध्यम भएको उल्लेख गर्दै तत्काल आक्रमणकारीलाई रोकेर अरू क्षति हुन जोगाएकोमा चर्चका अधिकारीहरूलाई धन्यवाद दिएका छन् ।

प्रार्थनाको युट्युबमा लाइभ गरिएकाले सुटिङको भिडियो पनि कैद भएको छ ।

प्रतिक्रिया दिनुहोस