आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चार लाख नक्कली नोट सहित ४ जना प्रहरीको नियन्त्रणमा

AuthorAP Khabar२०७६ पौष २४, बिहिबार (४ साल अघि) २३७ पाठक संख्या

पौष २४ काठमाडौं

 केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले चार लाख नक्कली नोटसहित चारजनालाई पक्राउ गरेको छ । गोगंबुबाट बुधबार नक्कली नोट देखाइ ठगी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–७ घर भइ काठमाडौं माछापोखरी बस्ने २९ वर्षीय कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका–१३ बस्ने ३२ वर्षीय बल बहादुर राना मगर, डोटी पूर्वी चौकी गाउँपालिका–३ घर भइ काठमाडौं कपुरधारा बस्ने २४ वर्षीय आर्यान खड्का र धनकुटा छत्र जोरपटी गाउँपालिका–३ घर भइ नयाँ बसपार्क बस्ने ३६ वर्षीय छत्र बहादुर लिम्बु रहेका छन् ।

पक्राउ परेकामध्ये बुढाथोकी नक्कली नोट बजारमा पुर्याउने मुख्य व्यक्ति, राना मगर नोट बनाउने मुख्य व्यक्ति, खड्का नोट बनाउने मुख्य डिजाइनर र लिम्बु नोट बजारमा पुर्याउन सहयोग गर्ने भूमिकामा रहेको खुल्न आएको छ ।

उनीहरुको साथबाट ‘श्री नेपाल राष्ट्र बैंक’ लेखिएका विभिन्न नम्बर उल्लेख भएका १ हजार रुपैयाँ दरका जम्मा ४ सय १३ थानमा रहेको ४ लाख १३ हजार रुपैयाँ नक्कली मुद्रा तथा १ हजार रुपैयाँ दरको नोटको साइजको पेपरमा ४ वटा अट्ने गरी पछाडीको भागको रंगिन फोटोकपी गरेको पेपर ३५ थान, रंगिन फोटोकपी मेसिन १ थान र सिपीयू १ थान प्रहरीले बरामद गरेको छ । उनीहरु माथि मुद्रा सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस