आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारले आफ्नालाई जोगाउने र अरुलाई फसाउने काम गर्यो : नेपाली काङग्रेस

AuthorAP Khabar२०७६ माघ २३, बिहिबार (४ साल अघि) ३४५ पाठक संख्या

माघ २३ काठमाडौँ,

नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै दुरुपयोग गरेर बालुवाटार जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा दायर भएको टिप्पणी गरेको छ ।

बिहीबार पार्टी कार्यालयमा सानेपामा पत्रकार सम्मेलन गरेर काँग्रेसले केही जिम्मेवार व्यक्तिलाई उन्मुक्ति दिएर मुद्दा दायर नगर्नु पर्ने व्यक्तिलाई चाहिँ पूर्वाग्रही ढङ्गले मुद्दा दायर गर्ने काम भएको आरोप समेत लगाएको छ ।

दुई पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल र डा बाबुराम भट्टराई तथा नेकपा महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर आफ्ना पार्टी उपसभापति विजय कुमार गच्छदारलाई मात्रै पूर्वाग्रही ढङ्गले मुद्दा दायर गरेको काँग्रेसको आरोप छ ।

पत्रकार सम्मेलनमा  काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले पूर्वाग्रही ढङ्गले मुद्दा दायर भए पनि गच्छदारले कानुनी र राजनीतिक रूपमा सामना गर्ने बताए । उनले विधि र प्रक्रिया मिचेर मुद्दा दायर भए पनि काँग्रेस विधि र प्रक्रियामा विश्वास राख्ने पार्टी भएकाले सोही अनुसार अघि बढ्ने स्पष्ट पारेका छन् ।

प्रवक्ता शर्माले यसलाई काँग्रेसका नेता र कार्यकर्तामाथि झुटा मुद्दा लगाउने र हतोत्साहित बनाउने शृङ्खलाका रूपमा पार्टीले लिएको बताएका छन् ।

काँग्रेसले गच्छदारलाई पछि परेको थारु समुदायबाट उदाएर पञ्चायतकालीन जेल र प्रवास भोग्दै आएर जनताबाट निरन्तर निर्वाचित नेताका रूपमा चित्रण गरेको छ ।

अख्तियारलाई अधिकार सम्पन्न गराउने भ्रष्टाचार निवारण ऐन, ०५९ संसद्मा प्रस्तुत गर्ने काँग्रेस सरकारका मन्त्री गच्छदार विरुद्ध नै आयोगलाई गलत ढङ्गले प्रभावित गरिएको काँग्रेसले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस