आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टिपर दुर्घटनामा परि बारामा एक जनाको मृत्यु

AuthorAP Khabar२०७६ माघ २४, शुक्रबार (४ साल अघि) ७३४ पाठक संख्या

अखिलेश कुमार यादव ।बारा माघ २४ गते।

बारा जिल्लाको महागढिमाई नगरपालिकाको इनर चौक नजिक शुक्रवार बेलुका ६ बजे भएको टिपर दुर्घटनामा परि रौतहटको एक जना ब्यक्तिको मृत्यु भएको छ।

ना ८ ख ३१५८ नम्बरको टिपरले ना ३१ प ६९१० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार रहेको रौतहट जिल्लाको मौलापुर नगरपालिकाको वडा न २ मर्यादपुरको समतलाल यादवको मृत्यु भएको छ।

टिपरले ठक्कर दिदा घाइते भएको यादवलाई उपचारको क्रममा जिल्ला अस्पताल कलैयामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

समतलाल यादव नेपाल राष्ट्रिय बाणिज्य बैंक मौलापुर शाखाको सेक्युरिटी गार्डमा काम गरिरहेको थियो।

प्रतिक्रिया दिनुहोस