आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चट्याङ लागेर तीन जनाको मृत्यु

AuthorAP Khabar२०७६ माघ २७, सोमबार (४ साल अघि) ३४३ पाठक संख्या

माघ २७ काठमाडौं

चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर उप महानगरपालिका -७ नवलपुरस्थित गिता चौधरीको घरमा चट्याङमा ७ वर्षीय छोरी सुष्टी चौधरी र ५४ वर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको हो ।

चट्याङमा परी घाइते भएका दुवै जनाको राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरीले जनाएको छ ।

त्यसैगरी शनिबार नै घोराही उपमहानगरपलिका ११ हापुरका सुर्यबहादुर पुरीको छोरा ८ ताराबहादुरदेव पुरीको घरको आगनमा खेली रहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ ।

घाइते पुरीको उपचारका लागि घोराही ल्याउँदै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएकाे छ । कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस