आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गाडी–मोटरसाइकलको लाइसेन्स लिने उमेर बढाइयो

AuthorAP Khabar२०७६ माघ २७, सोमबार (४ साल अघि) ८२८ पाठक संख्या

माघ २७ काठमाडौं

 सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने उमेर बढाइने भएको छ ।  सवारी लाइसेन्स लिने उमेर १६ वर्षबाट बढाएर १८ पुर्याउन लागिएको हो ।

यातायात व्यवस्था विभागले सवारीको लाइसेन्स लिने उमेर १८ वर्ष पुगेको हुनुपर्ने प्रावधान राखेको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभएको छ ।

कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनका क्रममा पाइएकाले सबै प्रकारका सवारीसाधनका लागि उमेर बढाउन लागिएको महानिर्देशक हमालले बताउनुभयो ।

अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ । विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । अहिले हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस