आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु

AuthorAP Khabar२०७६ फागुन १८, आईतबार (४ साल अघि) ४४४ पाठक संख्या

फाल्गुन १८ एजेन्सी : पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ३० पुगेको पाकिस्तानी अधिकारीले जनाएका छन् ।

पाकिस्तानको दक्षिणी शहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले सुक्कुर जिल्लाको रोहरी क्षेत्रनजिकैको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुमा महिला, बालबालिकाको संख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस