आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इराकको बग्दादस्थित ग्रीन जोनमा दुई रकेट प्रहार

AuthorAP Khabar२०७६ फागुन १९, सोमबार (४ साल अघि) ४०४ पाठक संख्या

फाल्गुन १९ एजेन्सी :

इराकको राजधानी बग्दादमा रहेको ग्रीन जोनमा सोमवार एकाबिहानै दुईवटा रकेट प्रहार गरिएको छ । तीमध्ये एक रकेट अमेरिकी दूतावास नजिक खसेको छ ।

घटनामा कोही पनि हताहत नभएको खबर छ । इराकमा अक्टोबरपछि अमेरिकी अड्डाहरूमा भएको यो २०औं आक्रमण हो ।

समाचारमा आएअनुसार, रकेट उच्च सुरक्षा दिइएको क्षेत्रमा खसाइएको हो । त्यहाँ सरकारी भवन र अनेकौं देशका दूतावास छन् ।

आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । तर इरान समर्थित समूह हशद अल–शाबीलाई यसका लागि अमेरिकाले दोषी ठहर्‍याउने गरेको छ ।

अमेरिकाले जनवरी ३ मा बग्दाद विमानस्थलमा ड्रोन आक्रमण गरेर इरानी सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेको थियो । त्यसको प्रतिशोधस्वरूप इरानले ७ र ८ जनवरीमा बग्दाद स्थित अमेरिकी दूतावासमा आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस