आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वभर कोरोनाको कहर : आजसम्म कहाँ कति सङ्क्रमित ?

AuthorAP Khabar२०७६ फागुन २३, शुक्रबार (४ साल अघि) ३९९ पाठक संख्या

फाल्गुन २३ काठमाडौं :

कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त ?

यस्तो छ अवस्था :

कोरोना भाइरस (कोभिड–१९) रोगबाट मृत्यु हुनेको संख्या ३ हजार ३४९ पुगेको छ । चीनको हुवेइमा मात्रै मृतकको संख्या २ हजार ९०२ रहेको छ ।

चीनको हेनान प्रान्तमा २२ को ज्यान गएको छ । चीनकै हेलोङजिआङ प्रान्तमा १३ जनाको ज्यान गएको छ । चीनको बेइजिङमा ८ जनाको ज्यान गएको छ ।

ग्वाङडोङ प्रान्तमा ७ जनाको ज्यान गएको छ । एन्हुइमा ६ जनाको ज्यान गएको छ । त्यस्तै चोङक्विङमा ६ जनाको ज्यान गएको छ ।

त्यस्तै इटलीमा १४८, इरानमा १०७, दक्षिण कोरियामा ३५, अमेरिकामा १०, फ्रान्समा ७, जापानमा ६ जनाको ज्यान गएको छ ।

९८ हजार ४१ जना संक्रमित भएका छन् । सबैभन्दा बढी चीनमा ८० हजार ४२६ रहेका छन् ।
दक्षिण कोरियामा ६ हजार ८८, इटालीमा ३ हजार ८५८, इरानमा ३ हजार ५१३ रहेका छन् ।

कति फर्के घर ?
जोन हप्किन्स इएसएसईका अनुसार अहिलेसम्म ५३ हजार ८२७ संक्रमितलाई पूर्ण रुपले निको भइसकेको छ ।

के हो कोरोना भाइरस ?

यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पुयाउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।

यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छ :

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने, अंकमाल गर्ने, छुने आदि)

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

लक्षणः

ज्वरो आउने

रुघा लाग्ने

सुख्खा खोकी लाग्ने

सास फेर्न गाह्रो हुने

घाँटी, टाउको तथा जिउ दुख्ने

झट्ट हेर्दा सामान्य रुघाखोकी लागेजस्तो मात्र हुने भएकाले यस रोगको पहिचान गर्न कठिन हुन्छ र संक्रमित व्यक्तिले पनि यसलाई हल्का रुपमा लिन्छन् ।

कसरी बच्ने :

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– मास्कको प्रयोग गर्ने

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– नियमित साबुन पानीले हात धुनेरहातमा अल्कोहलजन्य सेनिटाइजर दल्ने

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सोझै सम्पर्कमा नरहने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

– सार्वजनिक जमघटहरुमा कम उपस्थित हुने

प्रतिक्रिया दिनुहोस