आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना भाइरसका कारण पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो देसौसा आइसोलेसनमा बस्ने

AuthorAP Khabar२०७६ फागुन २६, सोमबार (४ साल अघि) ५८५ पाठक संख्या

फाल्गुन २६ काठमाडौं कोरोना भाइरसका कारण पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो देसौसा आइसोलेसनमा बस्ने भएका छन् । राष्ट्रपति देसौसाले आइतबार सबै सार्वजनिक गतिविधि रद्द गराएर घरमै बसी काम गर्ने बताएका हुन् ।

राष्ट्रपति भ्रमणमा गएको एक विद्यालयका विद्यार्थीमा कोरोना भाइरसको लक्षण देखिएपछि उक्त विद्यालय पनि बन्द गरिएको छ ।

राष्ट्रपति कार्यालयले राष्ट्रपतिमा कोरोनाको कुनै लक्षण नदेखिएको जनाएको छ । र संक्रमित विद्यार्थी राष्ट्रपती निवासमा नगएको पनि प्रस्ट पारिएको छ ।

राष्ट्रपतिले आफैं आइसोलेसनमा बसेर कोरोनाको रोकथामको उपाय अपनाउने र घरबाटै काम गर्न सबैलाई प्रेरित गर्ने उद्देश्यले यस्तो गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस