आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाठेघरको क्यान्सरका लक्षण र बच्ने उपाय

AuthorAP Khabar२०७६ फागुन २६, सोमबार (४ साल अघि) ८६७ पाठक संख्या

फाल्गुन २६ काठमाडौं :

महिलामा हुने क्यान्सरमा स्तनपछि दोश्रो प्रमुख क्यान्सर, पाठेघरको मुखको क्यान्सर हो । विश्वमा प्रतिवर्ष ५ लाख मानिसलाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ । अन्दाजी २ लाख महिलाहरुको यो रोगबाट मृत्यु हुन्छ ।

नेपालमा प्रतिवर्ष कति महिलालाई यी रोग लाग्छ र कतिको मृत्यु हुन्छ भन्ने सही तथ्यांक छैन । साधारणतया यो रोग ४० वर्ष पछि देखापर्ने भएतापनि नेपाल जस्तो अविकसित देशमा यो रोग ३० वर्ष अथवा सो भन्दा कम उमेरका महिलाहरुमा समेत पाठेघरको मुखमा क्यान्सर हुने गरेको छ ।

सुरूआती चरणमा पत्ता लगाउन सकियो भने क्यान्सरबाट जोगिन सकिन्छ। तर अस्पतालमा महिलाहरू आउन ढिलो गर्छन्।

पाठेघरको मुखको क्यान्सरका लक्षणहरू

– महिनावारीको बीच बीचमा पनि रगत आउने

– सानै उमेरमा बिहे हुनु र बच्चा हुनु

– गन्हाउने पानी आइराख्नु

– यौन सम्पर्क गरिसकेपछि रगत बग्नु

– सधै थकित महसुष हुनु

– दिसा गर्ने बानीमा परिवर्तन हुनु

– कम्मर दुख्नु

– पेट चाढै भरिनु

– पेट फुलिनु

– तौल घट्नु

पाठेघरको मुखको क्यान्सरबाट कसरी जोगिने

– कलिलै उमेरमा विवाह नगर्ने,

– धेरै बच्चा नपाउने,

– गोप्य अङ्गको सरसफाईमा ध्यान दिने,

– धेरै जनासँग यौनसम्पर्क नराख्ने,

– चुरोट खैनी तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने,

– पाठेघरको परीक्षण गराइराख्नुपर्छ।

– सामान्य छ भने पनि हरेक ३–३ वर्षमा १ पटक परीक्षण गर्नुपर्छ।

यसरी परीक्षण गर्दा कुनै समस्या देखा परेमा उपचारका लागि तुरुन्तै अस्पताल जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस