आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोनाको आशंकामा क्वारेन्टाईनमा राखिएका दुबईबाट नेपाल आएका एक ब्यक्तिको मृत्यु

AuthorAP Khabar२०७६ चैत्र १६, आईतबार (४ साल अघि) ३४१ पाठक संख्या

चैत्र १६ रुपन्देही

कोरोनाको आशंकामा क्वारेन्टाईनमा राखिएका दुबईबाट नेपाल आएका एक ब्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना अस्पतालको क्वारेन्टाईनमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको हो ।

कोरोना विशेष अस्पताल स्रोतका अनुसार क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको मृत्यु भएको हो। उनी चैत ८ गते वैदेशिक रोजगारी गएर दुबईबाट नेपाल आएका थिए। उनी १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए।

उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।

बिरामीको मृत्यु भएपछि अहिले अस्पतालको बैठक बसेको छ। बैठकपछि थप जानकारी गराइने भएको छ।

प्रतिक्रिया दिनुहोस