आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

७३ देशका नागरिकलाई जापान प्रवेशमा रोक

AuthorAP Khabar२०७६ चैत्र २०, बिहिबार (४ साल अघि) ३५३ पाठक संख्या

चैत २० जापान : जापान सरकारले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोनाभाइरसबाट संक्रमित व्यक्ति आफ्नो देशमा प्रवेश नगरुन भन्ने उद्देश्यले जापान सरकारले ७३ देशका नागरिकलाई प्रवेश रोक लगाएको हो ।

प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशबाट जापान भित्रिन प्रतिबन्ध लगाइएको बताए । प्रतिबन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एशियाका सात देशलगायत रहेका छन् । अत्यावश्यक बाहेकका भ्रमणहरु नगर्न पनि प्रधानमन्त्री आवेले सबैलाई आग्रह गरेका छन् ।

राजधानी टोकियोमा बुधबार कोरोना भाइरसबाट सङ्क्रमित थप ६५ जना भेटिएपछि प्रधानमन्त्री आवेले अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेका हुन् ।

जापानमा मङ्गलबार पनि ७८ जना नयाँ बिरामी भेटिएका थिए ।

जापानमा अहिलेसम्म कोरोनाबाट २ हजार ३ सय ८४ जना संक्रमित भएका छन् भने ५७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट विश्वमा ९ लाख ३५ हजार ९ सय ५७ जना संक्रमित भएका छन् भने ४७,२४५ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् । साथै १ लाख ९४ हजार २ सय ६८ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस