आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लकडाउन सकिनेवित्तिकै दीपिका पादुकोनले गर्नेछिन् यस्तो काम

AuthorAP Khabar२०७६ चैत्र २०, बिहिबार (४ साल अघि) ५९९ पाठक संख्या

चैत २० एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो परिवारलाई सधैं महत्त्वमा राख्ने गर्छिन् । उनका मातापिता र बहिनी बैंगलोरमा बस्दै आएका छन् ।

उनी प्रायः आफ्ना जीवनको महत्त्वपूर्ण पलहरु परिवारसँग सेयर गर्ने गर्छिन् । जन्मदिन र वैवाहिक वर्षगाँठमा होस् उनी प्राय आफ्ना परिवारसँग नै मनाउने गर्छिन् ।

अहिले कोरोना भाइरसको प्रकोपका कारण उनी पनि लकडाउनमा समय बिताइरहेकी छिन् ।

यसैबीच, उनले दिएको एक अन्तर्वार्तामा उनले लकडाउनपछि के गर्ने योजना बनाएकी छिन् भनेर खुलाएकी छिन् । उनले सबैभन्दा पहिले आफ्ना परिवारलाई भेट्न बैंगलोर जाने बताएकी छिन् ।

उनले लामो समय आफन्तसँग टाढिएर बसेकाले पहिलो महत्त्वको विषय परिवार हुने भएकाले परिवारलाई भेट्न बैंगलोर जाने बताएकी छिन्

प्रतिक्रिया दिनुहोस