आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरका कोरोना संक्रमितका सम्पर्कमा आउने कुनै ब्यक्तिमा पनि देखिएन कोरोना संक्रमण

AuthorAP Khabar२०७७ बैशाख २१, आईतबार (४ साल अघि) ४४२ पाठक संख्या

एपी खबर
जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना भाइरसको संक्रमित देअिएका दुबै जनाको सम्पर्कमा सबैको रिपोर्ट निगेटिभ देखिएको छ । केहि समय पहिला भारतको मर्कसबाट आएका जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरका ४३ वर्षिय पुरुषको परिवारका तीन सद्स्य सहिँत चार जना र वडा नम्बर १९ ईनरवासिरा स्थित मदर्साका ३१ वर्षिय मौलाना ‘शिक्षकका सहयोगी दुई जनाको स्वाब संकलन गरि परिक्षणका लागि काठमाण्डौं स्थित केन्द्रिय प्रयोगशालामा पठाईएको थिाये ।

परिक्षणका लागि पठाइएका सबैको संक्रमण निगेटिभ पाईएको छ अस्थायी कोरोना अस्पताल सिमराका प्रवक्ता ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरेले जानकारी दिनुभयो ।

गत बैशाख १७ गते दुई जनामा सक्रमण पुष्टि भए पछि बारा प्रशासनले उक्त क्षेत्र सिल गरि संक्रमितको नजिकका व्यक्तीहरुलाई सिमरा स्थित कोरोना विशेष अस्थाई अस्पतालको आईसोलेसनमा भर्ना गरि स्वाब परिक्षणका लागि काठमाण्डौं पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस