आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डिस्चार्ज भएका रौतहटका कोरोना संक्रमित युवा पुन: अस्पताल भर्ना

AuthorAP Khabar२०७७ बैशाख २१, आईतबार (४ साल अघि) ३४० पाठक संख्या

वीरगन्ज : नारायणी उपक्षेत्रिय अस्पतालबाट डिस्चार्ज भएका रौतहटका युवक एक हप्ता नबित्दै पुन स् कोरोना अस्पतालमा भर्ना भएका छन् । उनलाई फेरी कोरोना पोजेटिभ देखा परेपछि शनिवार राति नारायणी अस्पतालमा भर्ना भएका हुन् ।

बैशाख १ गते कोरोना पोजेटिभ देखा परेपछि नारायणी अस्पतालमा भर्ना भएका ती युवकको रिपोर्ट केन्द्रिय प्रयोगशाला टेकुले १३ गते निगेटिभ भएको पुष्टि गरेको थियो ।

निगेटिभ रिपोर्टपछि १४ गते अपरान्ह डिस्चार्ज भएर रौतहटस्थित आफ्नो घर फर्किएका थिए । डिस्चार्ज भएको एक हप्ता पछि पुन स् पोजेटिभ रहेको भन्दै नारायणी अस्पतालमा उनलाई ल्याईएसँगै स्थानीयमा त्रास फैलिएको छ ।

युवकमा पुन स् कोरोना पोजेटिभ देखा परेर भर्ना भएको पुष्टि अहिलेसम्म कसैले गरेको छैन । ती युवकसँगै तीन जना भारतीय जमातीहरूलाई पनि बैशाख १४ गते डिस्चार्ज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस