आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चीनको ल्याबमा कोरोना भाइरस बनेको प्रमाण पेश गर्न अमेरिकालाई डब्ल्यूएचओको आग्रह

AuthorAP Khabar२०७७ बैशाख २३, मंगलबार (४ साल अघि) ३३१ पाठक संख्या

बैशाख २३ एजेन्सी : अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले बारम्बार विश्व स्वास्थ्य संगठनले चीनको पक्षमा वकालत गरेको र चीनको ल्याबमा कोरोना भाइरस बनेको आरोप लगाउँदै आएका छन् ।

यता, डब्ल्यूएचओले अमेरिकाको यस्तो दाबीलाई प्रमाणविहिन भएको बताउँदै अमेरिकालाई चीनको ल्याबमा कोरोना भाइरस बनाएको प्रमाण पेश गर्न आग्रह गरेको छ ।

डब्ल्यूएचओले यदि अमेरिकासँग कुनै प्रमाण भए पेश गर्नुपर्ने बताएको छ । र, कोरोना भाइरस प्राकृतिक रुपमा नै फैलिएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनका माइकल रेयानले भनेका छन्, ‘हाम्रो बुझाईमा अमेरिकाले गरेको दाबी काल्पनिक हो ।’ उनले भने, ‘कुनै पनि ल्याबमा कोरोना भाइरस निर्माण गरिएको बारे अमेरिकासँग कुनै ठोस प्रमाण छैन । ’ उनले डब्ल्यूएचओले अमेरिकासँग यस्तो भए जानकारी गराउँनसमेत आग्रह गरेको छ ।

ट्रम्पको प्रशासनले चीन र संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सी दुवैमाथि वुहानमा उत्पन्न भएको भाइरसविरुद्ध कुनै कदम नचालेको समेत आरोप लगाएको थियो ।

रेयानले संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीले दिएको जानकारी र प्रमाणका अनुसार कोरोना भाइरस प्राकृतिक रुपमा उत्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस