आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज–२४ वैशाख २०७७ बुधवारको राशिफल

AuthorAP Khabar२०७७ बैशाख २४, बुधबार (४ साल अघि) ३०८ पाठक संख्या

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कृत्यको योगछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यवसायमापनि फाईदा होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दैनिक कार्यमापनि प्रगती हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । संचार र प्रविधि मार्फत आफन्तसंग भेटघाट रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वित्तिय संस्थाबाट सहयोग पाईन सक्छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । समाजिक कार्यमा मन जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आफन्तको प्रगतिमा मन रमाउनसक्छ । विशिष्ट व्यक्तिको सहयोगपनि पाईनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजक रहनु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजनापनि बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बन्न लागेको काम विग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भयपनि उत्तिकै रहनेछ ।

प्रतिक्रिया दिनुहोस