आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हेल्पिङ्ग ह्यान्ड्स फर पिपलको कार्यक्रममा ४ महिला सहित ६४ जनाले गरे रक्तदान

AuthorAP Khabar२०७७ बैशाख २४, बुधबार (४ साल अघि) ८५२ पाठक संख्या

दिपक चौरसिया÷
पर्सा २४ वैशाख
कोरोना भाइरस माहामारीको समयमा रगतको अभावलाई मध्यनजर गरि “हेल्पिङ्ग ह्यान्ड्स फर पिपल” नामक गैरसरकारी संस्थाले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सोसल डिस्टेन्सिङ्गलाई मध्यनजर गरी रामगढवा चौकमा आयोजित रक्तदान कार्यक्रममा ४ महिला सहित ६४ जने रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले रक्तदाताहरुलाई रगत शंकलन गर्ने थैलि दिएर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

“रक्तदान जिवन दान” भन्ने मुल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा पारश राउत, रामाशन्कर दुबेदि, युवा नेता बिजय पटेल, जङ्गबहादुर पटेल, रामानन्द पटेल, अशोक पटेल, उमेश पटेल, बिरभुशन पटेल, बृजेश पटेल, शुशिल पटेल, कन्हैया पटेल, नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष बिकाश तिवारी, रोशन सिंघ, केशव जि, बाबुनन्द पटेल, बेद प्रकाश पटेल, चन्दन सहनी, इमाम हुसेन लगायतकाले रत्तदान गरेका थिए ।
सो अवसरमा नेपाल रेड्क्रस सोसाइटिका शैलेन्द्र चौरसिया, साबिर अहमद ऐराज, वडा अध्यक्ष दशरथ पटेल, पुर्ब अध्यक्ष जङ्गालि राउत कुर्मी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस