आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दाङका कोरोना संक्रमित व्यक्ति शिक्षण अस्पतालका स्वास्थ्यकर्मी

AuthorAP Khabar२०७७ जेष्ठ ३, शनिबार (४ साल अघि) ३७९ पाठक संख्या

जेष्ठ ०३ काठमाडौं : कोरोना संक्रमित देखिएका दाङको तुलसिपुर वडा नम्बर ७– का ३४ वर्षीया पुरुष काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको बुझिएको छ ।

उनको परीक्षण काठमाडौंमै भएको भए पनि चैत १८ गते दाङ घर आएर काठमाण्डौ फर्किएको पाइएकोले यस बारे थप अनुसन्धान गरिहेको तुलसीपुर नगरपालिका –७ का वडा अध्यक्ष टोपवहादुर केसीले जानकारी दिए ।

वडा अध्यक्ष केसीका अनुसार यस बीचमा संक्रमित स्वास्थ्यकर्मी कहाँ–कहाँ गए भन्ने खुल्न सकेको छ । यसबारे अनुसन्धान शुरु भएको छ ।

यता त्रिवि शिक्षण अस्पतालका अधिकारीहरुले भने शिक्षण अस्पतालमा आँखा विभागमा कार्यरत चिकित्सकमा संक्रमण भएको भन्ने समाचारहरुमा आए पनि आधिकारी रुपमा स्पष्ट नभएको र यसबारे बुझ्ने काम भइरहेको बताएका छन् ।

यस्तै भारतबाट आएका दाङ गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का दुई जनामा कोरोना सङ्मण पुष्टि भएसँगै उनिहरुसँगको सम्पर्क पहिचान थालिएको छ । भारतको गोरखपुर र मुम्बइबाट आएका ३६ र २३ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस