आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुई ट्रक एकआपसमा ठोक्किदा २४ मजदुरका मृत्यु

AuthorAP Khabar२०७७ जेष्ठ ३, शनिबार (४ साल अघि) ३५० पाठक संख्या

जेष्ठ ०३ एजेन्सी : उत्तर प्रदेशको औरैया जिल्लामा भएको सवारी दुर्घटनामा २४ मजदुरको मृत्यु भएको छ ।

आज(शनिबार)बिहान करिब ३ः३० बजे घर फर्किरहेका मजदुर सवार ट्रक राजमार्गमा रोकिराखेको अर्को ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा २४ मजदुरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

कानपुर प्रहरीका अनुसार दुर्घटनामा ३५ जना घाइते भएका छन् । यसमध्ये २० जनाको जिल्ला अस्पताल र गम्भीर रुपमा घाइते १५ जनालाई सैफई मेडिकल कलेजमा भर्ना गरिएको छ ।

दुवै ट्रकमा मजदुर सवार थिए । दिल्लीबाट आएको ट्रक चिया पिउनका लागि एक ढाबा अगाडि रोकेर राखिएको थियो । सो ट्रकसँग राजस्थानबाट आएको ट्रक ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

राजस्थानबाट आएको ट्रकको ड्राइभर निदाएको कारण दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस