आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लकडाउनको ५४ दिन, २६ जिल्लामा फैलियो कोरोना, २७६ संक्रमित, पर्सामा सर्वाधिक ९१ जना

AuthorAP Khabar२०७७ जेष्ठ ३, शनिबार (४ साल अघि) ६१६ पाठक संख्या

काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस नेपालमा पनि तीव्र बन्दैछ । शुक्रबारसम्मको विवरणमा २७६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालका ७७ मध्ये २६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित पर्सामा फेला परेका छन् । भाइरसको संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउन घोषणा गरेको पनि ५४ दिन भैसकेको छ । यो बीचमा जम्मा ८७ हजार व्यक्तिको नमूना परीक्षण गरिएको छ ।

शुक्रबार रातिसम्मको विवरण यसप्रकार छः

पर्साः ९१ जना

कपिलवस्तुः ४१ जना

बाँकेः ३३ जना

रुपन्देहीः २८ जना

उदयपुरः ३३ जना

काठमाडौंः ९ जना

धनुषा, कैलालीः ४ जना

चिवन, रौतहट, बारा, दाङः ३ जना

सर्लाही, बर्दिया, बाग्लुङ, झापा, महोत्तरी, भक्तपुरः २/२ जना

धादिङ, भोजपुर, कञ्चनपुर, नवलपरासी ९पश्चिम०, सप्तरी, पूर्वी नवलपरासी, मकवानपुर, सिरहाः १/१ जना

शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको नमूना परीक्षण गरिएको छ भने आरडिटीबाट ६३ हजार ८५ जनाको परीक्षण गरिएको छ ।

देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ जना आइसोलेसनमा उपचाररत छन् । हालसम्म कर्णाली प्रदेश कोरोनामुक्त रहेको छ । देशभरीका क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् ।

 

 

 

 

साभार ईमेज खबर

प्रतिक्रिया दिनुहोस