आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ, अस्पताल सिल

AuthorAP Khabar२०७७ जेष्ठ ३, शनिबार (४ साल अघि) ३३३ पाठक संख्या

जेष्ठ ०३ काठमाडौं : कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमण देखिएको व्यक्तिको मृत्यु भएको पहिलो घटना हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृत्यु भएको हो । तर, यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक जानकारी दिएको छैन ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको आरडीटी र पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसपछि उनको पुनः परीक्षणका लागि स्वाब संकलन गरि काठमाडौंको टेकुस्थित प्रयोगशाला पठाइएको थियो । त्यहाँ गरिएको परीक्षणमा उनको रिपोर्ट शंकास्पद आएको हो ।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा भर्ना भएकी थिइन् । स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको कोरोना परीक्षण गर्दा आरडीटी रिपोर्ट पोजेटिभ आएको थियो । उनको बिहीबार राति मृत्यु भएको हो ।

‘उनको शुरुमा आरडीटी पोजेटिभ आएको थियो । अहिले पीसीआर पनि पोजेटिभ आएको छ’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । ती अधिकारीका अनुसार महिलाको पीसीआर रिपोर्ट ४ बजे स्वास्थ्य मन्त्रालयले प्रेस सम्मेलन गरेर जानकारी दिइनेछ ।

यता धुलिखेल अस्पतालमा कोरोना आशंका गरिएकी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पताल सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस