आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा कोरोना संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु

AuthorAP Khabar२०७७ जेष्ठ ४, आईतबार (४ साल अघि) ३५९ पाठक संख्या

जेष्ठ ०४ काठमाडौं : धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको टेकुस्थित केन्द्रीय प्रयोगशालामा गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुने पहिलो घटना हो ।

उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल पुर्याएलगत्तै मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया एक सुत्केरीमा कोरोना संक्रमण देखिएको हो ।

गत विहीबार साँझ श्वासप्रश्वासमा समस्या भएपछि धुलिखेल अस्पताल ल्याइएकी सिन्धुपाल्चोकको बाह्रविसे–९ स्थित चालिसे गाउँकी ती महिलाको मृत्यु भएको थियो । कोरोना संक्रमणको आशंकामा गरिएको उनको आरडिटी र पिसिआर दुबै परिक्षणको नतिजा पोजेटिभ आएको थियो ।

Image may contain: text

अस्पतालले शंका लागेर फेरी परीक्षण गरेको र काठमाडौंको टेकुस्थित प्रयोगशालाको परिक्षणमा पनि पीसीआरको नतिजा पोजेटिभ आएको अस्पतालको भनाइ छ ।

९ दिन अघि काठमाडौंको महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा बच्चा जन्माएकी उनी डिस्चार्ज भएर २ दिनसम्म काठमाडौंस्थित आफन्तमा बसेकी थिइन् । त्यसपछि घर फर्केकी उनलाई रुघाखोकी तथा ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो । धुलिखेल अस्पताल पुर्याएलगत्तै उनको गत बिहीबार राती मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन । काठमाडौंको गौशालास्थित विद्युतीय शवदाहगृहमा ल्याए उनको अन्तिम संस्कार गर्ने तयारी गरिएको प्रशासनले जनाएको छ ।

धुलिखेल अस्पतालले मृतक महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टिनमा राखिएको छ । धुलिखेल अस्पतालको कोभिड–१९ टाक्स फोर्सको स्काईपमा भएको बैठकले उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने र यसअघि नै आकस्मिक कक्षलाई सिल गरेकोमा त्यसलाई निरन्तरता दिने निर्णय गरेको स्रोतको भनाई छ । महिलाको उपचारमा डा. अनमोल श्रेष्ठको टोली खटिएको थियो ।

यसैबीच, स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पतालको अनुगमन गरेर काठमाडौं फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस