आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, पुष्टि भएका संक्रमित पत्रकार

AuthorAP Khabar२०७७ जेष्ठ ५, सोमबार (४ साल अघि) ४९७ पाठक संख्या

इन्दिप कोइराला,
निजगढ  : छिमेकी जिल्ला पर्साका दुई संचारकर्मिमा समेत कोरोना संक्रमण भएको पाईएपछी बाराका संचारकर्मीको जेठ ३ गते पिसिआर परिक्षण गरिएको थियो । पिसिआर परिक्षण लागि पहिलो चरणमा, पहिलोपंक्तीमा रहेर कामगर्ने ४८ जना संचारकर्मीको थ्रोट स्वाब संकलन गरिएको थियो, सोही परिक्षणमा थप एक जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनी बाराको करैयामाईका ३८ बर्षिय पुरुष हुन । बाराको कलैयास्थित स्थानीय एफएममा कामगर्ने पत्रकार हुन । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् ।
कोरोना महामारीका समयमा अग्रपंक्तिमा रहेर काम गरिरहेका छिमेकेी जिल्लाका पत्रकारुहरुमा संक्रमण देखिएपछी पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्यायको पहलमा संचारकर्मीहरुको परिक्षण गरिएको थियो ।

संक्रमित पत्रकार यस अगि जेठ ३ गते कोरोना संक्रमण भेटिएका बाराको जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा कार्यरत प्रहरी जवान संग पटक पटक सम्पर्कमा रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाराको मुद्धा फाटमा कार्यरत रौतहट जिल्ला फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ सितपुर निवासी २९ बर्षिय प्रहरी जवानमा जेठ ३ गते कोरना संक्रमण भेटिएको थियो ।

यता, पत्रकारलाई कलैया अस्पतालको आईसोलसनमा राखिको छ भने उनको परिबारलाई करैयामाईमा रहेको क्वारेन्टाइनमा राखिएको छ । यस्तै उनिसंग सम्पर्कमा आएकाहरुको कन्टैक्ट टेस्टिङ्ग गर्ने काम पनि भईरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिएका छन ।

यो संगै बारामा कोरना संक्रमितको संख्या ५ पुगेका छ । जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा १, बिश्रामपुर गाँउपालिकामा १ र कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा १ जना र आज करैयामाई गाँउपालिकामा १ जनामा भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस