आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ सय ५७ पुग्यो

AuthorAP Khabar२०७७ जेष्ठ ५, सोमबार (४ साल अघि) ३३६ पाठक संख्या

जेष्ठ ०५ काठमाडौं नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशको विभन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५३ जनामा कोरोना पुष्टि भएको हो ।

बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जना पुरुषमा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरू १८ वर्षदेखि ४६ वर्ष उमेर समूहको रहेको जनाइएको छ । उनीहरूको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वाथ्यकर्मिको निगरानीमा रहको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइसको आशंकामा ३ हजार ५५८ जनाको नमुना परीक्षण गरिएको जनाएको छ । आज देशैभरका आइसोलेसनमा ४ सय १२ जना रहेका छन् जसमा काठमाडौ उपत्यकामा २६ जना रहेका भने उपत्यका बाहिर ३ सय ८६ जना रहेका मन्त्रालयले जनाएको छ । आज देशैभरका क्वारेन्टाईनमा २० हजार ९० जना रहेका छन् ।

योसँगै नेपालमा २ सय ९८ पुरुष र ६९ महिला संक्रमित छन् । संक्रमित मध्य ३६ जना निको भइसकेका छनन् भने २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस