आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना संक्रमितको उपचार डा.मण्डलको नेतृत्वमा सदरमुकाममै हुँदै

AuthorAP Khabar२०७७ जेष्ठ ७, बुधबार (३ साल अघि) ३०१ पाठक संख्या

अमित ठाकुर।रौतहट।जेष्ठ ०७। बिश्वब्यापीमा फैलिएका कोरोना भाईरस अर्थात् कोभिड १९ बाट रौतहटका संक्रमितहरुलाई सदरमुकाममै उपचार सुरु भएको हो। जिल्ला अस्पताल गौरको सहकार्यमा सो संक्रमित ब्यक्तिहरुको उपचार सुरु भएको जनस्वास्थ्य कार्यालयउ रौतहटको प्रमुख महेश साहले जनाएको हो।

ईशनाथ नगरपालिका वडा नंबर ५ मोतिपुरका १९ बर्षीय युवक चैत्र १६ गते दिल्लीबाट बिहार राज्यको मोतिहारी हुँदै राती करिब ९-१० बजेको समयमा घर अाएको थियो।

घर पुगे बितिकै प्रहरीले पक्राउ गरि सो युवकलाई क्वारेन्टाइनमा राखेको थियो। बैशाख १ गते युवकको स्वाब परिक्षण पछि रिपोर्ट पोजेटिभ अाउँदा सो युवकको थप उपचारका लागि बिरगंज स्थित नारायणी उप-क्षेत्रीय अस्पतालमा पठाईएको थियो। पछि थप दुई जनामा कोरोना संक्रमित पुष्टि हुँदा सम्बन्धित ठाउँमा भयत्रास उत्पन्न भएको थियो।

जिल्ला प्रशासन कार्यालय रौतहटले सो ठाउँलाई तुरुन्तै सिल गरेको थियो। गत जेष्ठ ४ गते रौतहटमा एकै दिन १० जनामा कोरोना संक्रमित देखियो। भोलि पल्ट पुण:ह ८ जनामा कोरोना संक्रमित पुष्टि भयो। पछिल्लो दुई दिनमा रौतहटमा १८ संक्रमित भेटिएपछि सो संक्रमितलाई जिल्लामै उपचार गर्ने ब्यवस्था सबै पालिका र प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे बिच सहकार्य भयो।

गौर नगरपालिकामा रहेको गौर नर्सिङ ईन्स्टिच्युटमा ४० बेडको अाईसोलेसन बनाई हालै संक्रमित भएका १७ जना पुरुष र १ जना महिलाको उपचार सुरु भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जनाएको हो। सम्बन्धित सबै पालिकाको क्वारेन्टाइनमा रहेको ८९ जना महिला र ६४१ जना पुरुष रहेको छ भने १७७७ वडा जिल्लाका क्वारेन्टाइनको ब्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जनाएको हो। संक्रमित र क्वारेन्टाइनमा रहेका सबै ब्यक्तिको खाना सम्बन्धित पालिकाले नै दिराखेको प्र.जि.अ घिमिरेले जनाएको हो।

भने थप ५ सयको क्वारेन्टाइन बेड बनाउन सबै पालिकालाई बनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेका छन् । भने पालिकाका जनप्रतिनिधि सहित कर्मचारीहरूले बनाउने कार्य सुरु पनि गरि सकेको ईशनाथ नगरपालिकाका मेयर संतोष मेहताले जनाएको हो। संक्रमित १८ जनाको उपचारका लागि जिल्ला अस्पताल गौरका डाक्टर अमित मण्डलको नेतृत्वमा २ जना स्टाफ नर्स र २ जना हेल्थ असिस्टेन्टले उपचार गरि रहेको जनस्वास्थ्यका प्रमुख साहले जनाए।

संक्रमितको उपचार गर्ने डा.मण्डल सहितका स्टाफ नर्स र हेल्थ असिस्टेन्टलाई अोहोर दोहोर गर्न निम्ति एउटा एम्बुलेन्स सहित बाँस बस्न निम्ति गौरमा रहेको सिया पैलेस होटल ब्यवस्था मिलाएको प्र.जि.अ घिमिरेले जनाएको हो। अहिले संक्रमित सबैको स्वास्थ्य अवस्था समान्य रहेको डा.मण्डलले जनाएको हो।

प्रतिक्रिया दिनुहोस