अमित ठाकुर।रौतहट।जेष्ठ १९।
रौतहटको अल्गै दुई पालिकाको क्वारेन्टाइनबाट थप १८ जना पुरुषमा कोरोना पुष्टि भएको हो। रौतहटको परोहा नगरपालिका र यमुनामाई गाउँपालिका कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जनाएको हो।
रौतहटमा गत महिना दर्जनौं भन्दा कम संक्रमित रहेता पनि यो महिनामा रौतहटका बासिन्दाहरु भारतबाट सयौंको संख्यामा रौतहट अाउँदा संक्रमितको संख्या दुई सय भन्दा बढी नाङ्घेको देखिएको हो।
दिनदिनै भारतबाट नेपाली नागरिकहरु रौतहट प्रवेश गरि रहदा रौतहटमा अझ संक्रमित बढ्ने प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाएको हो। रौतहटमा संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा नेपालमै रौतहट दोस्रो स्थानमा पुगेको हो।
अाज रौतहटको परोहा नगरपालिकामा १४ जना र यमुनामाई गाउँपालिकामा ४ जना गरि १८ जना नयाँ संक्रमित थपिएको हो। संक्रमित सबैको वडा र उमेर अहिले नखुलेको जनस्वास्थ्य प्रमुख साहले जनाएको हो। रौतहटमा संक्रमितको संख्या १८ थपिदा २३४ पुगेको अहिले नयाँ संक्रमित क्वारेन्टाइनमै रहेको जनस्वास्थ्य प्रमुख साहले जनाएको हो।
प्रतिक्रिया दिनुहोस