आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा थप ११ जनामा कोरोना पुष्टि,रौतहटमा ३१८ पुग्यो।

AuthorAP Khabar२०७७ जेष्ठ २१, बुधबार (३ साल अघि) ४७८ पाठक संख्या

अमित ठाकुर।रौतहट।जेष्ठ २१। रौतहटको तीन पालिकाको क्वारेन्टाइनबाट थप ११ जना पुरुषमा कोरोना पुष्टि भएको हो। रौतहटको कटहरीया नगरपालिका,ईशनाथ नगरपालिका र परोहा नगरपालिकामा ११ जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाएको हो।

रौतहटमा दिनानुदिन संक्रमितको संख्या बढ्दै जाँदा कोरोनटाईनमा बस्न धेरै अफ्ट्यारो भईरहेको कोरोनटाईनमा बसेका एक जनाले जनाएको हो। रौतहटमा गत महिना देखि दर्जनौं संख्यामा नेपाली नागरी भारतबाट अाउँदा संक्रमित बढेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाएको हो।

कोरोनटाईनमा बसेका हजारौं भन्दा बढी ब्यक्तिको रिपोर्ट अाउनु बाँकी रहदा अझ संक्रमित बढ्ने प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाएको हो। रौतहटमा संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा नेपालमै रौतहट दोस्रो स्थानबाट पहिलो स्थानमा अाउन केही दिन मात्रै रहेको बुझिएको हो।

रौतहटमा अाज कटहरीया नगरपालिकामा ९ जना, परोहा नगरपालिकामा १ जना र ईशनाथ नगरपालिका १ जना गरि ११ जना संक्रमित थप भएको हो। संक्रमित थप्ता रौतहटमा अहिले ३१८ पुगेको हो।

प्रतिक्रिया दिनुहोस