आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गण्डक स्थित कोभिड १९ अस्थायी अस्पतालबाट ५ जना सङकमित कोरोना जितेर घर फर्के

AuthorAP Khabar२०७७ जेष्ठ २२, बिहिबार (३ साल अघि) ४५१ पाठक संख्या

जेष्ठ २२ पर्सा।

गण्डक स्थित कोभिड १९ अस्थायी अस्पतालबाट ५ जना सङकमित कोरोना जितेर डिस्चार्ज भएका छन् ।नेपालमा यो सँगै कोरोना जितेर घर फर्किने सङ्ख्या २८३ जना पुगेको छ।

नारायणी अस्पतालको अस्थाई कोभिड १९ को रुपमा गण्डक अस्पताल उपचार गराइरहेका मध्ये पर्साका ३ जना बाराका २ जना गरि ५ जना निको भएर घर फर्केको कोभिड १९ का कोडिनेटर डाक्टर उदय नारायण सिहले बताएका छन् ।

कोभिड १९ बाट निको हुने पर्सा जिल्लाको जिराभवनी गाउँपालिकाका वर्ष २५ का पुरुष वडा १६ का ७० वर्षका पुरुष रहेका छन् ।बारा जिल्ला कलैया स्थित नेपाली सेना गणमा कार्यरत ३५ र ३६ वर्षका नेपाली सेनाका जवान रहेका छन् ।

उनीहरूको लगातार दोस्रोपटक पनि पिपिअार परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको डाक्टर सिहले बताए ।उहाँले अहिले पर्साका २२ जना बाराका ३ जना र रौतहटका ३ जना गरि जम्मा २८ जनाको उपचार भईरहेको डाक्टर सिहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस