आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको बाँध तथा स्पर कटानलाई तुरुन्त नियन्त्रण गर्न जसपा नेता संजीव यादवको माग

अमित ठाकुर २०७७ श्रावण ७, बुधबार (३ साल अघि) ७६० पाठक संख्या

रौतहट,।जनता समाजवादी पार्टिका कुशल, निडर एवं युवा नेता संजिव कुमार यादवले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई बाढी र डुवानबाट सचेत रहन अपिल गरेका छन ।

अहिले वर्खायामको मौसम भएकोले जतिखेर पनि नदीमा बाढी आउन सक्ने ति बाढीको पानी गाउँ बस्तीमा प्रवेस गरी जनधनको क्षति पुर्याउन सक्ने भएकोले एकदम चनाखो भएर बस्न नेता यादवले रौतहट जिल्लावासीलाई आग्रह गरेका हुन ।

तत्कालीन राजपाका रौतहट क्षेत्र नं १ ख का क्षेत्रीय सभापति समेत रहेका नेता संजीव यादवले आज आफनै निवास माधोपुरमा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै रौतहट जिल्ला अहिले बाढी र डुवानको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन ।

यता जिल्लामा डुवान तथा कटानले क्षति पुर्याउन सक्ने भन्दै नेता यादवले जिल्लाबासीलाई सचेत गराएका हुन ।

साथै युवा नेता संजीव यादवले बागमति र लालबकैया नदीले माधोपुर सहित विभिन्न ठाउँमा गरिरहेको स्पर र बाँध कटानलाई तुरुन्त नियन्त्रण गर्न माग पनि गरेका छन ।

क्षतिग्रस्त बाँध र स्परहरुलाई समयमै नियन्त्रण गरी थप क्षति हुन नदिन तथा आम नागरिकलाई बाढी र डुवानबाट जोगाउन नेता यादवले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका हुन ।

प्रतिक्रिया दिनुहोस